Comments Add Comment

Advertisment

SKIP THIS

ड्युटीमा खटिएका प्रहरी हवल्दार भूपेन्द्रबहादुर शाहीको मृत्यु

२४ फागुन , काठमाडौ । मोटरसाइकलले ठक्कर दिँदा चेकिङ ड्युटीमा खटिएका प्रहरी हवल्दार भूपेन्द्रबहादुर शाहीको मृत्यु भएको छ ।

बाँकेको नेपालगञ्ज उप–महानगरपालिकास्थित राँझा चोकमा भएको दुर्घटनामा उनको मृत्यु भएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले बताए । उनका अनुसार नेपालगञ्जबाट कोहलपुरतर्फ तीव्र गतिमा गुडिरहेको भे।१० प ४७५७ नम्बरको मोटरसाइकलले प्रहरी हवल्दार शाहीलाई ठक्कर दिएको थियो । त्यस्तै, उक्त मोटरसाइकलको ठक्करबाट ड्युटीमा रहेका प्रहरी जवान नरेश चौधरी घाइते भएका थिए ।

उनको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको बताइएको छ । ठक्कर दिने मोटरसाइकलका चालक बर्दियाको राजापुर घर भएका २० वर्षीय सन्तोष बम सिंह ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । उनले मापसे गरी मोटरसाइकल चलाएका प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै