वैशाख १०,काठमाडौँ । सरकारले स्थानीय तह निर्वाचन आचारसंहिता जारी भइसकेको अवस्थामा ‘व्यक्ति’लाई लक्षित गर्दै सशस्त्र प्रहरी नियमावली संशोधन गरी ३० वर्षे सेवा अवधिको प्रावधान हटाई ३२ वर्ष बनाउन गृहकार्य थालेको छ सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीको ३० वर्षे सेवा अवधि यही १८ वैशाखमा सकिनै लाग्दा उनलाई प्रत्यक्ष लाभ पुग्नेगरी त्यसअगावै नियमावली संशोधन गर्नेगरी गृहकार्य अघि बढाइएको स्रोतको दाबी छ । सेवा अवधि ३२ वर्ष पु-याउँदा उनी थप दुई वर्ष महानिरीक्षक हुनेछन् । सरकारले ३० चैतमा उनलाई सशस्त्र प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो । उनी १९ वैशाख २०४९ मा प्रहरी सेवामा आएका थिए ।
दुई वर्ष थप भएको अवस्थामा उनी १८ वैशाख २०८१ सम्म सेवामा रहनेछन् । २० दिनका लागि महानिरीक्षक नियुक्त केसी थप दुई वर्ष पदमा बसिरहन करोडौं रुपैयाँ शक्तिकेन्द्रलाई बुझाउन तयार भएको पनि स्रोतको दाबी छ ।सर्वोच्च अदालतले पदावधि र सेवा अवधिसम्बन्धी व्यवस्था ऐनमै स्पष्ट रूपमा उल्लेख गरेर मात्र अघि बढ्न यसअघि नै आदेश दिइसकेको छ । तर, त्यसविपरीत गृह मन्त्रालयले नियमावलीमार्फत पदावधि र सेवाअवधि थपघटको प्रक्रिया अघि बढाउन लाग्नुमा ठूलै आर्थिक चलखेल हुन सक्ने स्रोतको दाबी छ । याे खबर राजधानी दैनिकमा छ ।
सशस्त्र प्रहरीका २० दिने आईजीपीका लागि नियमावली संशाेधन गरी २ वर्ष थप्ने खेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ट्रेन्डिङ
२
३
“द अनकाउन्टेड युथ्स”द्वारा तारकेश्वर–१ मा हरियाली अभियान : सरसफाइ र वृक्षारोपण सम्पन्न
२०८३ जेठ ३ गते , आइतबार
४
५
तारकेश्वरमा The Uncounted Youths र Anahata Nepal को संयुक्त युवा अन्तरक्रिया सम्पन्न
२०८३ बैसाख २६ गते , शनिबार
६
तारकेश्वरकी महिलाको शव शिवपुरी जंगलमा गाडिएको अवस्थामा फेला, हत्या स्वीकार्दै आरोपी पक्राउ
२०८३ बैसाख २२ गते , मंगलबार
सम्बन्धित खवर
Advertisment


