Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल इन्भेस्टमेन्ट बैंक ३७औँ वर्षमा

१४ फागुन, काठमाण्डौं । नेपाल इन्भेस्टमेन्ट बैंकले आफ्नो स्थापनाको ३७औँ वर्षमा प्रवेश गरेको छ । बैंक ३६औँ वर्ष पुरा गरेर ३७औँ वर्षमा प्रवेश गरेको हो । यस अवधिमा बैंकले सातै प्रदेशबाट ८८ शाखा र ३१ विस्तारित राजस्व सङ्कलन काउन्टर तथा ५८ शाखारहित बैंकिङ्ग केन्द्र बाट आफ्ना ग्राहकलाई सेवा दिइरहेको छ । यस्तै, १३१ वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

पाँच पटकसम्म बैंक अफ दि इयरबाट सम्मानित भई ३६ बर्षको दौरानमा १२ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ । बैंकले वार्षिकोत्सवमा विभिनन् सामाजिक काम गरेको छ । रक्तदान, वृद्धाश्रम बालगृहमा खाना खुवाउने, धार्मिक क्षेत्रमा फोहोर मैला सङ्कलन तथा व्यवस्थापनका लागि आवश्यक सामाग्री उपलब्ध गराउने, विभिन्न खेलकुद कार्यक्रमको आयोजना, वित्तीय साक्षरताका लागि चौथो कमिक बुक ‘बचत गर्ने काइदा डिजिटल बैंकिङको फाइदा’को विमोचन लगायतका कार्यक्रमहरू सम्पनन् गरेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै