२९ मंसिर काठमाडौ । काठमाडौ महानगरपालिका वडा-१६ बालाजु स्थित रहेको जीवन रक्षा बचत तथा ऋण सहकारी संस्था लि.को पन्ध्रैं बार्षिक साधारण सभा सम्पन्न भएको शुभ- अवसरमा सबै सेयर सदस्यहरुमा सम्मान गरेको छ ।

जीवन रक्षा बचत तथा ऋण सहकारी संस्थाको प्रमुख अथिति यसै वडाको अध्यक्ष रोजिना श्रेष्ठ थिईन् भने यस संस्थाको सेयर सदस्य समेत रहेकी छिन् । उक्त संस्थाको वर्तमान अध्यक्ष सालिकराम हुन् । बजारमा धेरै सहकारी मध्येको भेगिय नं १ बनेको यसै संस्थाका उपाध्यक्ष देबेन्द्र कुमार श्रेष्ठले न्युज24ग्यालेक्सीलाई बताए ।

श्रेष्ठ उपाध्यक्षमात्र नभई काठमाडौ महानगरपालिका वडा-१६ का एक सामाजसेवी पनि हुन् उनले धेरै योगदान गर्दै आएको खबर प्राप्त भएको छ ।

जीवन रक्षा बचत तथा ऋण सहकारी संस्था लि. ले आज शनिबार Gorkha Palace Events And Management मा बिहान ९ बजे बाट साधारण सभा र सेयर सदस्यहरु सम्मान गदै कार्यक्रम समापन गरेको छ ।