Comments Add Comment

Advertisment

SKIP THIS

अफगानिस्तानमा बसलाई लक्षित गरी आक्रमण हुँदा विमानस्थलका दुई कर्मचारीको मृत्यु

०४ असार , काठमाडौं । अफगानिस्तानमा गराइएको सांघातिक आक्रमणमा दुई जनाको ज्यान गएको छ । उत्तरी अफगानिस्तानमा विमानस्थलका कर्मचारी बोकेको बसलाई लक्षित गरी हमला भएको हो ।

हमलामा अरु ६ जना घाइते भएको प्रहरीले जनाएको छ । पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार उत्तरी अफगानिस्तानको मजार ए सरिफमा विमानस्थलका कर्मचारी चढेको बसलाई लक्षित गरी अन्दाधुन्द गोली प्रहार गरेको जनाइएको छ ।

उनीहरु विमानस्थल जानेक्रममा बन्दुकधारीको निशानामा परेको बाल्ख प्रान्तका प्रहरी प्रवक्ता मोहम्मद आसिफ वजिरीले जानकारी दिएका छन् ।

अफगानिस्तानमा पछिल्ला केही समययता हिंसात्मक आक्रमणका घटनाहरुमा वृद्धि भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै