Comments Add Comment

Advertisment

SKIP THIS

जल उपयोग गुरुयोजना तयारीका लागि पालिकास्तरीय अभिमुखीकरण तथा परिकल्पना गोष्ठी सम्पन्न

३१ भाद्र , काठमाडौँ । दैलेखको भैरवी गाउँपालिकामा पालिकास्तरीय अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ । जल उपयोग गुरुयोजना तयारीका लागि पालिकास्तरिय अभिमुखीकरण तथा परिकल्पना गोष्ठी सम्पन्न भएको हो ।

युएसएआइडी कर्णाली जल परियोजनाको आर्थिक सहयोग तथा सिएटिएन र सोसेक नेपालको सहजीकरणमा पालिकास्तरीय अभिमुखीकरण तथा परिकल्पना गोष्ठी सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष देवी भण्डारी, प्रमुख प्रशासकीय अधिकृत, विषयगत शाखाका प्रमुखहरू सहभागी थिए ।

वडास्तरिय समुदायका सदस्यहरूसहित क्षमता अभिवृद्धि तालिम सम्पन्न भई वडाबाट आएका योजनाहरूको तथ्यांक संकलन कार्य अन्तिम चरणमा रहेको बताइएको छ ।

वडास्तरिय तालिममा वडाध्यक्ष, वडा सदस्य, सडा सचिव, खानेपानी समितिका प्रतिनिधि, सहकारी संस्थाका प्रतिनिधि, विद्यालय, महिला तथा दलित सञ्जालका प्रतिनिधिहरुको सहभागी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै