Comments Add Comment

Advertisment

SKIP THIS

मानवीय सहायता सामग्री बोकेर नेपाली टोली अफगानिस्तान प्रस्थान

२ माघ , काठमाडौ । नेपाली टोली लत्ताकपडा, औषधि, भाँडाकुँडालगायत मानवीय सहायता सामग्री बोकेर आइतबार विहान अफगानिस्तानको राजधानी काबुल प्रस्थान गरेको छ ।

परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्साल नेतृत्वको टोली हिमालय एयरलाइन्सको जहाज चढेर अफगानिस्तान प्रस्थान गरेको हो । टोलीले करिब १४ टन बराबरको राहत सामग्री पठाइएको परराष्ट्रमन्त्री डा। नारायण खड्काले जानकारी दिनुभयो । आइतबार विहान त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री खड्काले औषधिजन्य सामग्रीसँगै, लत्ताकपडा र घरायसी सामग्री राहत स्वरुप अफगानिस्तान पठाइएको बताउनुभयो । उक्त सामग्री सरकारीबाट नभइ निजी व्यवसायिक क्षेत्रबाट उपलब्ध गराइको हो भने राहत ढुवानीका लागि निजी क्षेत्रकै हवाई हिमालयन एयरलाइन्सले निःशुल्क जहाज उपलब्ध गराएको समेत मन्त्री खड्काको भनाइ छ ।

आइतबार अफगानिस्तान प्रस्थान गरेको नेपाली टोलीलाई काबुल स्थित संयुक्त राष्ट्र संघको प्रतिनिधिले स्वागत गर्नेछ । सोही राष्ट्र संघको गाडीमा राहत सामग्री राखि वितरण गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै