Comments Add Comment

Advertisment

SKIP THIS

ट्राफिक प्रशासन २३औं समूहको तालिम सञ्चालन

१० जेठ , काठमाडौ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा २३औं समूहको ट्राफिक प्रशासन तालिम सञ्चालन भएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले सोही कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रमबीच उक्त तालिमको उद्‍घाटन गरेका हुन्।

सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक भट्टले सवारी दुर्घटना न्यूनीकरण गर्न तथा सवारी आवागमन व्यवस्थापन गर्न तालिम उपयोगी रहेको चर्चा गर्दै तालिममा प्रदान गरिने व्यवसायिक ज्ञान, सिपलाई प्रशिक्षार्थीहरूले बढीभन्दा बढी उत्सुक भई हासिल गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक सुनिल जंग शाहले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ३५ दिन कार्य अवधि रहेको उक्त तालिममा प्रहरी नायव निरीक्षक १८ जना र प्रहरी सहायक निरीक्षक २२ जना गरी कुल ४० जना प्रशिक्षार्थीहरु सहभागी रहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै