Comments Add Comment

Advertisment

SKIP THIS

पुर्वआइजीपी सर्वेन्द्र खनालको सर्वनाक हार

७ मंसिर , काठमाडौँ । काठमाडौं–६ मा नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल फराकिलो मतान्तरले पराजित भएका छन् ।

पुर्वआइजीपी समेत रहेका खनालले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खलानसँग ५ हजार २९३ मतानतरले पराजित भएका हुन् ।

अन्य क्षेत्रमा एमालेका उम्मेदवारहरु थोरै मतले मात्रै पारजित भएपनि खानालले भने झण्डै आधा कम मात्र मत पाएका हुन् । रास्वपाका खनालले १४ हजार २०४ मत प्राप्त गर्दा पुर्वआइजीपी खनालले ८ हजार ९११ मात्र मत पाएका हुन् ।

निर्वाचन नजिकिएपछि हतार हतार एमाले प्रवेश गरेका सर्वेन्द्रले टिकट पाएपछि एमालेकै नेता कार्यकर्ता रुष्ट भएका थिए ।
प्रहरी सेवामा रहँदा राम्रै छवि बनाएका सर्वेन्द्र अवकास भएपछि भने सांसद अपहरण जस्तो जघन्य अपराध गरेको आरोप लाग्ने गरेको छ ।

अवकास अघि एमाले निकट मानिएपनि अवकास पछि लामो समय गुमनाम रहेका सर्वेन्द्र अन्तिम अवस्थामा सांसद बन्ने लोभले एमाले प्रवेश गरेका थिए । तर, काठमाडौं–६ का जनाताले भने उनलाई विश्वास गर्न सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै