Comments Add Comment

Advertisment

SKIP THIS

बाँकेमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

१६ भदौ , काठमाडौ । बाँकेको राप्ती सोनारी गाउँपालिका–८ ठुरे जंगलमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अन्दाजी ४० वर्षीय पुरुष रहेका छन् । उनको सनाखत हुन सकेको छैन । गम्भीर घाइते भएका पुरुषलाई प्रहरीले उद्धार गरी अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

हिजो बेलुकी पौने ८ बजे नम्बर नखुलेको सवारी साधनले पैदलयात्री ठक्कर दिई फरार भएको हो ।

सवारी साधन सहित फरार रहेका चालकको खोजी भइरहेको प्रहरी चौकी ढकेरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment