Comments Add Comment

Advertisment

SKIP THIS

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

१० असोज , काठमाडौँ । महोत्तरीको पिपरा गाउँपालिका–६ रतौलीमा हिजो साँझ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ६५ वर्षीय लक्ष्मण साह हलुवाई रहेका छन् । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो ।

पैदल हिँडिरहेका उनलाई हिजो साँझ सवा ५ बजे प्रदेश २–०२–००१ प ७५७३ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

मोटरसाइकल सहित चालकलाई नियन्त्रणमा लिएको महोत्तरी प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment