२६ कात्तिक , काठमाडौ । डोटीमा पानीको ट्यांकर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
डोटी जिल्लाको केआईसिंह गाउँपालिका वडा नम्बर ४ काफलीमा ना २ ख ६८२७ नम्बरको पानि ट्यांकर दुर्घटना हुदाँ डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिका-८ हम्तडका ३८ वर्षीय दान बहादुर धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले बताए ।
केआईसिंह गाउँपालिका अन्तर्गत रहेको सहजपुर बोगटान दिपायल रानागाँउ वाईल रोडमा काम गर्ने क्रममा सडक छेउवाट तल गएर दुर्घटना भएको थियो ।
गाडी सडक छेउबाट १ सय १४ फिट तल खसेको र मृतकको पोष्ट माटमको लागि जिल्ला अस्पताल पठाए समेत प्रहरी निरीक्षक जोशीले जानकारी दिएका छन् । दुर्घटना बिहान ११ बजे तिर भएको प्रहरीले जनाएको छ ।


