Comments Add Comment

Advertisment

SKIP THIS

६ वटा मोबाइलसहित चोरी गर्ने १ जना पक्राउ

०६ फाल्गुन , काठमाडौं । सर्लाही जिल्ला नयाँरोड जिरात घरभई हाल काठमाडौं कागेश्वरी मनोहरा बस्ने बर्ष २३ को खैरे भन्ने सचिन लामालाई चोरीको ६ वटा मोबाइल सहित पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका एसपी दिनेश मैनालीले बताए ।

काठमाडौं,बौद्धको नयाँबस्ती लगायत बौद्ध विभिन्न स्थानहरूबाट फरक-फरक समयमा चिया पसलहरूमा गई चिया खाने बहाना बनाई पसलको साहुलाई भुलाई निजले बोक्ने गरेको मोबाइल चोरी गरी फरार हुने र मानिसहरूको भिडभाड भएको स्थानमा हिडिरहेको मानिसहरूको मोबाइल खोसी (Snatching) फरार रहने गरेको सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त बौद्धको प्रहरीले अनुसन्धानका बिविध बिधिहरु प्रयोग गरी अनुसन्धान गर्दा चोरी गर्ने कार्यमा संलग्न रहेको खैरे भन्ने सचिन लामालाई विभिन्न कम्पनीको मोबाइल सेटहरू सहित महानगरीय प्रहरी बृत्त बौद्धबाट खटिएको प्रहरी टोलीद्वारा नियन्त्रणमा लिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment