Comments Add Comment

Advertisment

SKIP THIS

सप्तरीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

१३ असार , काठमाडौं । सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ कबिलासामा गएराती जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । डाक्नेश्वरी नगरपालिका–४ भुतहीका ५० वर्षीय रघुवीर रामको मृत्यु भएको हो । पैदल हिँडिरहेका उनलाई गएराती पौने १२ बजे बा १८ च ९३९० नम्बरको जिप पछाडी सार्ने क्रममा ठक्कर दिएको थियो ।

जिपको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिपसहित चालकलाई ईलाका प्रहरी कार्यालय पातोले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment