चोरीको मोटरसाइकलसहित काभ्रेका विकासलाई उपत्यका ट्राफिक प्रहरीले पक्राउ -
Comments Add Comment

चोरीको मोटरसाइकलसहित काभ्रेका विकासलाई उपत्यका ट्राफिक प्रहरीले पक्राउ

काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका-९ बाट आइतबार चोरीको मोटरसाइकलसहित एक जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । काभ्रेपलाञ्चोकको खानिखोला गाउँपालिका २ घर भइ हाल भक्तपुरको निकोशेरा बस्दै आएका २९ वर्षीय विकास थिङलाई नियन्त्रणमा लिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले बताए ।

वास्तविक नम्बर परिवर्तन गरेर बा ८३ प ९० ३७ नम्बर राखी चलाइरहेको अवस्थामा थिङलाई आज मध्यान्ह १२ बजे ट्राफिक प्रहरीले फेला पारेको थियो । नियन्त्रणमा आएका थिङलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बानेश्‍वर पठाइएको छ ।

बागमती प्रदेश ०२-०२४ प २१ ३९ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल काठमाडौंको काडाँघारी लाहुरे चोकबाट हराएको भनि मोटरसाइकल धनि रामेछापको खाँडा देवी गाउँपालिका ६ का निर्मल केसिले गत मंसिर १९ गते काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएका थिए । प्राप्त निवेदनका आधारमा खोजतलास गर्ने क्रममा मोटरसाइकल सहित थिङ पक्राउ परेका हुन् ।

आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न एसएसपी जीवन कुमार श्रेष्ठले सम्पूर्णलाई अनुरोध गर्नु भएको छ । हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएतापनि सवारी धनी स्वयम् सजग हुनुपर्ने समेत प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै