Comments Add Comment

Advertisment

SKIP THIS

एसिड हान्ने र योजना बनाउनेलाई ७ वर्ष कैद : पीडितलाई १५ लाख क्षतिपूर्ति

१ फागुन , काठमाडौ । काठमाडौं जिल्ला अदालतले राजधानीको सितापाइलामा दुई वर्षअघि भएको एसिड आक्रमणका दुई जना अभिुयुक्तलाई सजय सुनाएको छ ।

न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले योजनाकार मोहम्मद आलम र भारतीय नागरिक मुन्ना मोहम्मदलाई जनही ७ वर्ष कैद सुनाएको हो । साथै दुई जनालाई पाँच लाख जरिवाना र पीडितलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको छ ।

२०७७ साउन ११ गते काठमाडौंको सितापाइलामा ओखलढुंगाकी पवित्रा कार्कीमाथि उनीहरुले एसिड आक्रमण गरेका थिए । उनीहरु एसिड प्रहार गरेकै दिन पक्राउ परेका थिए ।

अदालतले डेढ वर्षमा पीडितलाई न्याय दिँदै दोषीलाई सजाय तोकेको पीडित किशोरी कार्कीका कानुन व्यवसायीले जानकारी दिए ।

आलमले ढल्कुस्थित आफ्नो ब्याग गार्मेन्टमा काम गर्ने मजदुरकी बहिनीलाई एसिड आक्रमण गर्न लगाएका थिए । आफूले भनेअनुसार गर्न नमानेपछि ती महिलामाथि एसिड आक्रमण भएको प्रहरीको अनुसन्धानबाट खुलेको थियो ।

सुनिता थापाको जाहेरी अनुरुप प्रहरी छानविनपछि जिल्ला सरकारी वकील कार्यालयले एसिड आक्रमणमा संलग्न आलम र मोहम्मदविरुद्ध २०७७ साल भदौ २ गते काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र आरोपपत्र दायर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment