०१ फाल्गुण , काठमाडौं । नेपालमा कोभिड १९ बाट संक्रमित ५२१ जना थपिएका छन् ।
देशभरका प्रयोशालामा १० हजार १ सय १५ जनामा गरिएको परीक्षणमा ५२१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा सहप्रवक्ता डा। समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।
२४ घण्टामा ३९३५ जना संक्रमणमुक्त भएका छन् भने १० जनाको मृत्यु भएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या २२५८४ रहेको छ । उपत्यकामा १५० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



