७ पुष काठमाडौ । प्राय सबै बिदेशिने नेपालीको सपना हुन्छ, धेरै पैसा कमाउने अनि परिवारलाई सुखका साथ पाल्ने। छोराछोरीलाई उचित शिक्षा दिलाउने। प्रवासमा दश नङ्ग्रा खियाउँदा कतिपयको सपना पूरा हुन्छन् पनि।
तर, कतिपयको सपना बिचैमा भताभुङ्ग हुन्छन्। वैदेशिक रोजगारीका क्रममा साउदी अरेबिया पुगेका बुटवल नगरपालिका-११ का दामोदरको सपना त्यसरी भताभुङ्ग भएको छ। उनी २०६८ साल असारमा ड्राइभर भिसामा त्यहाँ पुगेका थिए।
नेपालबाट एजेन्टले ड्राइभर भिसामा साउदी पठाए पनि त्यहाँ पुग्दा उनले लेबर भिसामा पठाइएको थाहा पाए । आफू ठगिएको थाहा पाएपछि उनले ड्राइभर भिसामा परिवर्तन गर्न अनुरोध गर्दा कम्पनीले २५ सय साउदी रियाल मागेपछि कम्पनी छोडेर भागेका थिए ।
‘कम्पनी छोडेर भागेपछि जुबेल भन्ने ठाउँमा १ वर्ष अवैध रूपमै काम गरे,’ उनले भने, ‘त्यहीबेला अवैध कामदारहरूलाई साउदी सरकारले आममाफी दिएको थियो, अनि म पनि यही बेला घर जानको लागि आउटपास लिएर बसेको थिए मालिकले काला -१ वर्षपछि पालो-पालो गरेर घर पटाउँछु भनेको थियो
‘१०-१५ दिन बाँकी हुँदा मैले चलाएको गाडीको ड्राइभर साइडको अगाडीको टायर पड्किएर गाडी दुर्घटना पर्यो’ , उनले थपे , ‘मेरो गाडी अर्को साइडमा गएर उताबाट आएको ट्रेलामा (ठूलो) गाडीमा ठोकिएर आगलागी भएर दुवै गाडी जलेर नष्ट भयो र अर्को गाडीको चालक पनि जलेर मृत्यु भयो ।’
आफ्नो हत्केलामा लागेको चोट ६ महिनापछि ठिक हुँदै थियो । त्यो केस नमिल्दै मालिकले फेरि गाडी चलाउन भनेर दबाव दिएको उनले बताए ।
‘मालिकले तलब दिन्न भनेपछि बाध्य भएर गाडी चलाए भने, ‘पछि गाडी चलाउँदै गर्दा तैँले धेरै किचकिच गरिस् भनेर मालिकले एक दिन प्रहरी चौकी लिएर गयो, मालिकको छोरा र प्रहरीबिच ४०- ४५ मिनेट कुराकानी भयो त्यसपछि मलाई बयान लियो र भन्यो अब तेरो मालिकले जिम्मा लिँदैन तँ जेल जानपर्छ ।’
त्यसपछि हिरासतमा राखिएका उने मालिकलाई फोन सम्पर्क गर्दा तीन महिनामा निकाल्छु भन्ने आश्वासन पाएको थिएँ । ‘तर, हिरासतमा तीन महिना पुग्नै लाग्दा जेलमा लगेर हालिदियो’ उनले गुनासो पोखे ।





