Comments Add Comment

Advertisment

SKIP THIS

राज्यमन्त्री बिमलाले भनिन् ‘एकराज एक हप्तादेखि सम्पर्कमा नआएपछि घरमै जान बाध्य भएँ’

१ असार , काठमाडौं । दाङको तुलसीपुर ५ बसपार्क स्थित वाइसिएल नेता एकराज बस्नेतको श्रीमती र छोरीमाथि कुटपिट गरेको भन्दै विवादित बनेकी राज्यमन्त्री विमला कुमारी खत्री(वली)ले वास्तविकता भने फरक रहेको बताएकी छिन् । उनले प्रतिक्रिया दिँदै आफू एकराजसँग भएको पैसाको कारोबार मिलाउन गएको बेला आफूलाई नियोजित तरिकाले फसाउनका लागि यस्तो प्रपन्च गरेको बताएकी छिन् ।

उनका अनुसार वाइसिएल नेता एकराज बस्नेतसँग पैसाको कारोबार थियो । त्यो कारोवार मिलाउनका लागि एकराजसँग एक हप्तादेखि छलफल भइरहेको थियो । फोनमा कुरा भएपनि एक हप्तादेखि सम्पर्कमा नभएपछि विमला घरमै जान बाध्य भइन ।‘एकराजले मेरो पैसा सापटी लिएको, त्यही पैसाको कारोवारका लागि म घर गएकी थिएँ’,उनले भनिन्‘फोनमा त कुरा भइरहेको थियो, तर, एक हप्तादेखि भेट हुन सकेको थिएन ।’

विमलाका अनुसार एकराजकै घर जानुभन्दा केही समय अघिसम्म पनि फोनमा कुरा भइरहेको थियो । जब उनी घरमा पुगिन त्यसपछि एकराजलाई भेटाउन नसकेको मन्त्री विमलाको भनाई छ ।‘जब म घरमा पुगेँ, त्यहाँ एकराज नभेटिएपछि, ‘खोइ ! एकराज भनेर सोधेकी हुँ’, विमलाले नयाँ पत्रिकालाई भनिन्‘ भर्खरै फोन भएको,अहिले पनि सम्पर्क हुँदैन भनेर मैले भनेँ ।’ त्यसपछि एकराजको श्रीमतीले जेठाजु बीरेन्द्र बस्नेतलाई बोलाएको विमलाले बताइन्।

जेठाजु बीरेन्द्र बस्नेतसहित घर परिवार र छिमेकी आए । उनीहरु आएपछि भित्रबाट घरको गेटमा चुक्कुल लगाए । चुक्कुल लगाएपछि बीरेन्द्रले आफूलाई गालीगलौज गरेको बताएकी छिन् ।‘विरेन्द्र आएपछि भित्रबाट चुक्कुल लगाए, त्यसपछि नानाथरी गालीगलौज गरे, अपशब्द बोले, एक पटक विरेन्द्र पिट्न पनि उठेका थिए, त्यतिबेला, पिएसओ र मीनाका ससुरा वुवाले छेकेपछि पिट्नबाट रोकिए’, राज्यमन्त्री वलीले भनिन्‘ त्यतिेबला उल्टै मलाई एक करोड हिनामिना गरेको, सुन चोरेकोसम्मको आरोप पनि लगाए ।’

एकराजकी श्रीमती र आफूबीच तानातान हुँदा आफ्नो पनि चुरा फुटेको बताइन् । उनले आफू सामान्य कुरा गरेर फर्किने तयारी गरेको भएपनि त्यहाँ चुकुल लगाएर मान्छे बोलाएर विवाद चर्काएको विमलाको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै