Comments Add Comment

Advertisment

SKIP THIS

उपत्यकामा एकै दिन ३ हजार ६ जना सवारी चालकलाई कारबाही

३ भदौ , काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन ३ हजार ६ जना सवारी चालकलाई कारबाही गरेको छ ।

ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरूलाई उपत्यकाको विभिन्न स्थानमा बिहीबार कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ६२, लेन अनुशासन पालना नगर्ने ११४, रेड लाइटमा सवारी साधन चलाउने ८२, निषेधित क्षेत्रमा हर्न बजाउने १२२ र नम्बर प्लेट नदेखिने गरी राख्ने ३० जना सवारी चालक छन् ।

यस्तै, २ हजार ५९६ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै