Comments Add Comment

Advertisment

SKIP THIS

डोजर लिएर टुकुचा खोला खोज्दै महानगर

३० भाद्र , काठमाडौँ । काठमाडौं महानगरपालिकाको टोली डोजर साथमै लिएर टुकुचा खोला खोज्न हिँडेको छ । महानगरका अनुसार वडा नम्बर १ स्थित जय नेपाल हल क्षेत्रमा टुकुचा खोलाको निशाना नै छैन । तसर्थ डोजर साथमै लिएर टुकुचा खोला खोज्न महानगरको टोली जय नेपाल हल क्षेत्र पुगेको मेयर बालेन्द्र साह(बालेन)को सचिवालयले जनाएको छ ।

जय नेपाल हल क्षेत्रमा डोजरले अहिले १० मिटर गहिरो खाल्डो बनाइसके पनि टुकुचा खोला नभेटिएको महानगरले जनाएको छ । महानगरका अनुसार डोजर अन्य सम्भावित ठाउँमा पनि खन्ने प्रयास भइरहेको छ ।

महानगरपालिकाले ३५ दिने सूचना जारी गरेर अतिक्रमित गरेको स्थानहरु हटाउन निर्देशन दिएता पनि टुकुचा अतिक्रमण गरेर बस्नेहरु नहटेको नगर प्रहरीले बताएको छ ।

वडा नम्बर १ अध्यक्ष भरतलाल श्रेष्ठले महानगरको अभियान बमोजिम टुकुचा खोला क्षेत्रको खोजी भइरहेको बताए ।

टुकुचा खोला वडा नम्बर ४ स्थित निर्मल निवास पछाडि सुनदेवीबाट सुरु भएर दरबार संग्राहलय र जयनेपाल हल क्षेत्रमा टुकुचा खोला देखिन छाडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै