Comments Add Comment

Advertisment

SKIP THIS

सांस्कृतिक कला विकास समूहद्वारा ३३ जना स्रष्टा सम्मानित

२० कात्तिक, काठमाडौं । सांस्कृतिक कला विकास समूह नेपालले ३३ जना स्रष्टालाई सम्मान गरेको छ। नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा शनिबार आयोजना गरिएको कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।

विविध सांस्कृतिक एवं सम्मान समारोह २०७९ नाम दिइएको सो कार्यक्रममा समाजमा विभिन्न क्षेत्रबाट टेवा पुर्याएका व्यक्तित्वहरुलाई सम्मानका साथै विभूषण गरिएको हो ।

सम्मानित हुनेहरूमा वरिष्ठ आयुर्वेद विशेषज्ञ तथा समाजसेवी मृगेन्द्र श्रेष्ठ, वरिष्ठ नृत्य निर्देशक अच्युत घिमिरे, गायिका बबिता मानन्धर, ब्यूटिसियन तथा महिला उद्यमी विद्या श्रेष्ठ, माओवादी नेता छबिन्द्रराज कँडेल, व्यवसायी चन्द्र काम्बाङ्ग, अम्बला हर्बल प्रालिका अध्यक्ष धनबहादुर लामा, संगीतकर्मी दुर्गा खतिवडा, जनमत पार्टीका नेता गोबिन्द नेपाल, नृत्य निर्देशक कमल राई र इन्जिनियर तथा काठमाडौँ क्षेत्र नं. १ का प्रतिनिधि तथा उम्मेदवार हरेन्द्र चौधरी छन् ।

यसैगरी, बौद्ध दर्शन एवं नेपाली आदिवासी जनजाति महासंघ रसुवाका अध्यक्ष ल्हाक्पा तामाङ, उद्योगपति तथा समाजसेवी लेखबहादुर श्रेष्ठ, ब्यूटिसियन, महिला उद्यमी तथा समाजसेवी लिना सुवेदी, वरिष्ठ महिला उद्यमी, तथा नेपाली कांग्रेस जिल्ला सदस्य मञ्जु खत्री, औषधि विशेषज्ञ तथा समाजसेवी मनोज बस्नेत, कलाकार मोहन निरौला, व्यवसायी तथा समाजसेवी नारायणप्रसाद गौतम, राजनीतिज्ञ ओमप्रकाश शर्मा, जनमत पार्टीका प्रकाश सुवेदी, खबरपाटी डटकमका सम्पादक प्रेमबहादुर कार्की, महिला अभियानकर्ता रजनी मल्ली, गायक, संगीतकार तथा रचनाकार राजेश एकल र भुदेव नेट जाली उद्योग झापाका प्रबन्धक रामप्रसाद पोखरेल सम्मानित भएका छन्।

यस्तै, महिला सशक्तिकरण अभियानकर्ता रिता अर्याल, थ्रीडी किताब निर्माण कम्पनी रुपक क्रियशन प्रालि बुद्ध शान्त पार्क निर्माण समिति तथा प्रेमध्वज प्रधान फाउण्डेशनका अध्यक्ष शान्तबहादुर शाक्य, उद्योगपति शेष नारायण श्रेष्ठ, माओवादी केन्द्र प्रदेश १ सदस्य श्रीप्रसाद राई, कांग्रेस नेतृ सिर्जना सिंह, वी लभ यू फाउण्डेसन रेकर्डिङ स्टुडियो ए लेभल रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै