जुवा तास खेलिरहेको अवस्थामा कलङ्कीबाट प्रहरीले ६ जनालाई पक्राउ -
Comments Add Comment

Advertisment

SKIP THIS

जुवा तास खेलिरहेको अवस्थामा कलङ्कीबाट प्रहरीले ६ जनालाई पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका-१४ कलङ्की बस्ने कान्छी माया तामाङको टहरामा जुवा तास खेलिरहेको अवस्थामा झापा घर भई काठमाडौँ बल्खु डेरा गरी बस्ने ४० वर्षीय ओम नाथ गिरीसमेत ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९ सय रुपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै