Comments Add Comment

Advertisment

SKIP THIS

विप्लव समूहका नेता खिम खड्का एमालेमा प्रवेश

२४ माघ, काठमाडौ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गुल्मी जिल्लाका पूर्व जिल्ला सेक्रेटरी खिम खड्कासहित विभिन्न पार्टीका ५० जनाले नेकपा एमालेमा प्रवेश गरेका छन्।

सो कार्यक्रममा अनेरास्ववियू क्रान्तिकारीका गुल्मी जिल्ला सदस्य विष्णु विक, अनेरास्ववियू क्रान्तिकारीका नवलपरासी अध्यक्ष सुशील परियार, युवा संगठन गुल्मीका अध्यक्ष कृष्ण ढकाललगायत एमाले प्रवेश गरेका हुन्।

उनीहरुलाई एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले पार्टीमा स्वागत गरेका हुन्। सो अवसरमा बोल्दै ज्ञवालीले माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाएको आरोप लगाए।

उपमहासचिव ज्ञवालीले स्थानीय निर्वाचन समयमै गर्न दबाब दिन जरुरी रहेको बताए। प्रधानमन्त्री शेरबहादुर देउवाले जेठ ४ गते स्थानीय निर्वाचन गर्ने भनि मिति तय गरेपनि पार्टीले दबाब सिर्जना गर्नुपर्नेमा उपमहासचिव ज्ञवालीको जोड थियो।

ज्ञवालीले पार्टीका कार्यकर्तालाई अब स्थानीय निर्वाचनका लागि तयारी अवस्थामा रहन आग्रह पनि गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै