Comments Add Comment

Advertisment

SKIP THIS

चिसो बढेपछि सीमा क्षेत्रका प्रहरी चौकी सिमकोट सारियाे

२१ मंसिर , काठमाडौँ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकास्थित दुई सीमा प्रहरी चौकी सदरमुकाम सिमकोट स्थानान्तरण गरिएका छन् । नाम्खा–५ हिल्सा र वडा नं ६ लिमीको सुनखानी प्रहरी चौकी स्थानान्तरण गरिएका हुन् ।

उक्त क्षेत्रमा चिसो ह्वात्तै बढेपछि सीमा सुरक्षाका लागि खटिएका प्रहरीलाई बस्न गाह्रो भएको प्रहरी निरीक्षक दीपक मल्लले जानकारी दिए । सो क्षेत्रको न्यूनतम् तापक्रम माइनसमा झरेको छ । ‘हिउँदमा प्रहरीलाई सो क्षेत्रमा बस्न कठिन हुन्छ, रासनपानीको पनि समस्या हुन्छ’, उनले भने, ‘वर्षेनि मङ्सिरपछि प्रहरी चौकी सदरमुकाम सार्ने गरेका छौँ ।’

प्रहरी सदरमुकाम झरेपछि चौकी रहेको भवनमा ताला लगाउने गरिन्छ । बर्सेनि जेठ लागेपछि सुरक्षाकर्मी पुनः सोही चौकीमा फिर्ता जाने गरेका छन् । हिल्सामा १३ र सुनखानीमा ११ प्रहरी कार्यरत थिए । गत वर्ष हिल्सा प्रहरी चौकीमा तैनाथ सुरक्षाकर्मीलाई नाम्खा–५ स्थित मुचु प्रहरी चौकीमा सार्ने गरिएको मल्लले बताए ।

चीनसँग सीमा जोडिएको हिल्सा नाकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) सीमा सुरक्षा चौकीको टोली भने चिसो बढे पनि सोही क्षेत्रमा खटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै