Comments Add Comment

Advertisment

SKIP THIS

सशस्त्र प्रहरीमा कार्यरत जवान डेढ किलो चरेशसहित पक्राउ

२३ साउन , काठमाडौं । सशस्त्र प्रहरी बलमा कार्यरत एक जवान लागुऔषध चरेससहित पक्राउ परेका छन् । सोमबार कैलाली प्रहरीले सशस्त्र प्रहरी गण बनबेहडामा कार्यरत गणेश प्रसाद जोशीलाई पक्राउ गरेको हो ।

बझाङ स्थायी घर भएका उनी लागुऔषध कारोबारमा संलग्न रहेको सूचनाका आधारमा प्रहरीले उनको पिछा गरेको थियो । उनलाई धनगढीको भन्सार रोडमा रहेको सिटी होटलबाट पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ । डेढ किलो चरेशसहित पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै