Comments Add Comment

Advertisment

SKIP THIS

कीर्तिपुरमा एक युवकलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ

काठमाडौँ । काठमाडौँको कीर्तिपुरमा एकजना युवकलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । दुई समूहबिच झडप हुँदा जेठ २ मा कीर्तिपुर नगरपालिका–१० स्थित २४ वर्षीय साजिस श्रेष्ठमाथि खुकुरी प्रहार भएको काठमाडौँका एसएसपी वसन्त रजौरेले रातोपाटीलाई बताए । साजिसको बायाँ हात छुट्टिन लागेको अवस्थामा उपचार भइरहेको छ ।

पक्राउ पर्नेमा अछाम घर भएर कीर्तिपुर बस्ने २७ वर्षीय मोहन खड्का, भक्तपुर बस्दै आएका २१ वर्षीय ध्रुव बहादुर विष्ट, बझाङ घर भएका उपेन्द्र सिंह, सुदिप गिरी, अछामका नृप भण्डारी, बैतडीका जयन्त धानुक, कैलाली घर भएका तेज थापा र तपेन्द्र खाती छन् ।

कैलालीको गौरिगंगा नगरपालिका वडा नम्बर–९ घर भएका २२ वर्षीय तपेन्द्र खाती र धनेश्वर खड्कासँग पुरानो रिसिवी साँध्ने क्रममा दुई समूहको झडप भएको हो । बझाङको खप्तड छान्ना गाउँपालिका–५ घर भएर मैतीदेवी बस्ने २१ वर्षीय सुदिप गिरीले खुकुरी प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । उनीहरुविरुद्ध प्रहरी वृत कीर्तिपुरले ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै