Comments Add Comment

Advertisment

SKIP THIS

दोलखाबाट तस्करीको चार किलो सुन बरामद : तीनजना पक्राउ

११ असोज , काठमाडौ । दोलखाको सिँगटीबाट तस्करीको चार किलो सुन बरामद भएको छ । बुधबार राति प्रहरीले करिब चार किलो सुन बरामद गरेको हो ।

सुनसँगै दोलखा प्रहरीले तीनजनालाई पनि पक्राउ गरेको छ ।दोलखाका प्रहरी प्रमुख नायब उपरीक्षक (डिएसपी) दीपक खड्काका अनुसार इलाका प्रहरी कार्यालय सिँगटीको टोलीले सुन बरामद गरेको हो ।

लप्ची नाकाको लामाबगर हुँदै तस्करहरूले सुन भित्र्याएको अनुमान गरिएको छ । ‘करिब चार केजी सुनसहित तीनजना पक्राउ परेका छन्, अहिले मुचुल्का उठाइएको छ,’ डिएसपी खड्काले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment