
८ साउन , काठमाडौ । मानव बेचबिखन अनुसन्धान व्युरोले मानव बेचबिखनमा संलग्न युट्युबरसहित तीनलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा २० वर्षीय युट्युबर कुशल खरेल, बीरबहादुर सिंतान र सुबिलाल सिंतान रहेका छन् । आर्थिक अवस्था कमजोर भएका बालिकाहरूलाई होटलमा वेटरको काम लगाइदिने प्रलोभन देखाएर खरेलले ग्राहकहरूसँग बस्न लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
भक्तपुरको जडिबुटीमा सञ्चालित सिन्धुली होटल ढिँडो सर्भिस एन्ड गेस्ट हाउसमा काम लगाइदिने भन्दै खरेलले बालिकाहरूलाई शारीरिक शोषण गर्ने गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले उक्त होटलबाट अस्थायी साधन, प्रेगनेन्सी टेस्ट किट, गर्भ निरोधक औषधिसमेत बरामद गरेको छ । पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि भक्तपुर प्रहरी परिसरमा पठाइएको छ ।