Comments Add Comment

Advertisment

SKIP THIS

भिजिट भिसामा हुने मानव तस्करीमा संलग्न भएको आरोपमा थप दुई जना पक्राउ

काठमाडौं- भिजिट भिसामा हुने मानव तस्करीमा संलग्न भएको आरोपमा थप दुई जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थप दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका–१० घर भएका एड्भिका टर्स एण्ड ट्राभल्सका सञ्चालक ३२ वर्षीय बुद्ध लामा, र हुम्लाको सर्केगाड गाउँपालिका–६ घर भएका २६ वर्षीय कमलराज हमाल छन्।

यी दुई जनासँगै भिजिट भिसामा हुने मानव तस्करीमा संलग्न भएको आरोपमा अहिलेसम्म पक्राउ पर्नेको संख्या ३६ पुगेको छ।

मानव तस्कर गिरोहले नक्कली प्रहरी रिपोर्ट, नक्कली श्रम स्वीकृत, प्लस टुको सर्टिफिकेट, नक्कली नाता प्रमाणित कागजातहरु, कोभिडको नक्कली रिपोर्ट, दुईतर्फीको नक्कली हवाई टिकट, नक्कली बैंक स्टेटमेन्ट लगागतका कागजातहरु बनाउने र अध्यागमनका कर्मचारीदेखि प्रहरीसम्मलाई रकम बुझाएर भिजिट भिसामा मानव तस्करी गर्ने गरेको खुलेको छ। पक्राउ परेकाहरु विरुद्ध संगठित अपराध र लिखतसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै