Comments Add Comment

Advertisment

SKIP THIS

बाँकेमा चरेश र अफिमसहित प्रहरीले श्रीमान् र श्रीमतीलाई पक्राउ

बाँके । बाँकेमा लागूऔषधसहित श्रीमान् र श्रीमती पक्राउ परेका छन् । कोहलपुर नगरपालिका-८ पिपिरीबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १२ केजी ७ सय ४ ग्राम र अफिम जस्तो देखिने पदार्थ २ केजी ४५ ग्रामसहित दुई जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४० वर्षीय रेवन्त राना र उनकै श्रीमती ३३ वर्षीया कविता थापा रहेका छन् । उनीहरूले लागूऔषध कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूको घर, कार तथा सोही ठाउँस्थित यज्ञ रानाको खाली घरमा समेत उनीहरूले लुकाई राखेको उक्त परिमाणको लागूऔषधसहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै