Comments Add Comment

Advertisment

SKIP THIS

बाह्र बोरको एकनाले घरेलु बन्दुकसहित एक पक्राउ

२४ बैशाख , काठमाडौं । सखुवाप्रसौनी गाउँपालिका-१ औराहा बस्ने २७ वर्षीय सल्टु महतोलाई बाह्र बोरको एकनाले घरेलु बन्दुक सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

सोही गाउँपालिका-१ औराहागाउँ बस्ने मंगलबहादुर भ्लोनको घरबाहिर गोली पड्किँदा उनकै घरभित्र रहेको चामलको बोराभित्र १ राउण्ड गोली फेला परेको घटना सम्बन्धमा अनुसन्धानको क्रममा उक्त घटनामा महतोको संलग्नता रहेको खुल्नआएपछि प्रहरीले उनलाई उनकै घर नजिकै नालीमा लुकाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै