Comments Add Comment

Advertisment

SKIP THIS

सामाजिक सञ्जालमार्फत नाबालिका र महिलालाई ब्ल्याकमेलिङ गर्ने दुई जना पक्राउ

भाद्र १५ , काठमाडौ । सामाजिक सञ्जालमार्फत नाबालिका र महिलालाई ब्ल्याकमेलिङ गरेको आरोपमा सोमबार दुई जना पक्राउ परेका छन्।

सामाजिक सञ्जाल भाइबारमार्फत नाबालिकासँग अडियो संवाद गरी नाबालिकाको अश्लील भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ भन्दै डर त्रास पैदा गराउने भारतीय नागरिकत पक्राउ परेका छन्। भारतको विहाह राज्यअन्तर्गत मोतिहारी जिल्लाको चिरैया थाना सेनवरिया घर भई हाल काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने १९ वर्षका मोहम्मद रमीज राजालाई प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो।

उनले नाबालिकाको तस्वीर इडिट गरी बनाएको अश्लील भिडियो नाबालिकाको भाइबारमा पठाएर धाक धम्की दिई नाजायज फाइदा लिन खोजेको प्रहरीले जनाएको छ। उद्देश्य पूरा नहुने भएपश्चात् इडिट गरिएको उक्त भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिदिने भनी पीडितलाई मानसिक यातना तथा दःख हैरानी दिएको आधारमा उनलाई पक्राउ गरिएको साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए।

उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट ंमंगलबार पाँच दिन म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको रायले बताए।

त्यसैगरी सामाजिक सञ्जाल इन्स्टाग्राम तथा बिगोमा साथी बनाइ सम्वाद गर्ने क्रममा विभिन्न लोभलालच देखाएर फकाइफुल्याइ गरी पीडित महिलालाई अश्लीलता प्रदर्शन गर्न बाध्य पारेको आरोपमा ताप्लेजुङको फुङलिङ नगरपालिका–४ स्थायी वतन भई काठमाडौंको बौद्ध भृकुटीचोक बस्ने ३२ वर्षीय जेम्स तामाङ पक्रउ परेका छन्।

उनले महिलालाई अश्लीलता प्रदर्शन गर्न बाध्य पारेर सोको स्क्रिनसट लिई आर्थिक लाभका लागि बारम्बार धाकधम्कीसहित सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने भन्दै पीडितलाई ब्ल्याकमेल गर्ने तथा मानसिक यातना, दुःख हैरानी दिनेजस्ता गरेको प्रहरीले जनाएको छ।

उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट ंमंगलबार पाँच दिन म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको रायले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment