Comments Add Comment

मकवानपुरमा लागुऔषध गाँजा अफिम खेती नष्ट

२४ माघ , काठमाडौं । जिल्ला प्रहरी कार्यालय मकवानपुरद्वारा जिल्ला भित्रका बिभिन्न स्थानहरुमा हुने “अवैध लागुऔषध गाँजार अफिम उत्पादन तथा खेती नियन्त्रण गरेको छ । २९ बिगाह १० कठ्ठा लागुऔषध गाँजा २१ बिगाह अफिम खेती  नष्ट  गरेको हो ।

No description available.

लागु औषध ब्यूरो कोटेश्वर,बागमती प्रदेश दंगा नियन्त्रण प्रहरी गण हेटौडा, र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोली प्रहरी निरीक्षक सुमन बाँनियाको कमाण्डमा ५० जना राक्सीराङ गाउँपालिका अन्तर्गतका वडा एरियाहरुमा तथा लागु औषध ब्यूरो कोटेश्वर, बागमती प्रदेश सशस्त्र प्रहरी गण रातोमाटे र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले नियन्त्रण गरेको हो ।

No description available.

यसैगरी प्रहरी निरीक्षक कविर प्रधानको कमाण्डमा ५० जना कैलाश गाउँपालिका अन्तर्गतका वडा एरियाहरुमा (दुई स्थानमा)जम्मा १०० जना नेपाल प्रहरीको टोली र सशस्त्र प्रहरी बल नेपालको ३० जनाको टोली संयुक्त रुपमा अवैध लागुऔषध गाँजा तथा अफिम खेती फडानी कार्यको लागी खटि गएकोमा राक्सिराङ र कैलाश गाउँपालीका अन्तर्गतका विभिन्न वडाहरुमा जम्मा अं २९ बिगाह १० कठ्ठा अवैध लागुऔषध गाँजा, २१ बिगाह अफिम खेती फडानी तथा २०० किलो बराबरको काटि सुकाई राखेको लागुऔषध गाजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै