Comments Add Comment

Advertisment

SKIP THIS

कास्की प्रहरीले पोखराको रामघाटबाट लागूऔषध सहित ३ जनालाई पक्राउ

पाेखरा | कास्की प्रहरीले पोखरा महानगरपालिका ११ रामघाटबाट लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ३६ वर्षीय धन बहादुर गौतम, ललितपुर स्थायी घर भई हाल पोखरा ९ बस्ने २७ वर्षीय सन्दीप मिजार र पोखरा १४ बस्ने१८ वर्षीय नितेश लामा रहेका छन् ।

उनीहरुलाई लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले रामघाटबाट फक्राउ गरेको हो ।

उनीहरुको साथबाट लागूऔषध नुर्फिन ८७ एम्पुल, डाइजापाम ८७ एम्पुल र फेनेरागन ८७ एम्पुल गरी कुल २६१ एम्पुल लागूऔषध र २ मोबाइल बरामद गरिएको छ ।

पक्राउ परेको उनीहरुविरुद्ध लागूऔषध सम्बन्धि मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै