Comments Add Comment

Advertisment

SKIP THIS

किशोरी बलात्कारको अभियोगमा बूढानीलकण्ठबाट एक जना पक्राउ

१२ पुष काठमाडौ । चौध वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राजधानीको बूढानीलकण्ठ नगरपालिका(२ चपली डेरा गरी बस्ने रसुवा पाटीखर्क घर भएका २१ वर्षीय लाक्पा ग्यावा रहेका छन् ।

ती किशोरीलाई डेरातर्फ जाँदै गरेको अवस्थामा शनिबार राति लाक्पाले घरेलु मदिरा सेवन गराई आफ्नै डेरामा लगि जबरजस्ती करणी गरेको खुलेको प्रहरीको भनाइ छ । लाक्पालाई सोही नगरपालिका(४ पासिकोटबाट प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment