Comments Add Comment

Advertisment

SKIP THIS

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा एआईजी सहकुल थापाको सरुवा

काठमाडौं – प्रहरी प्रधान कार्यालय स्थित कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुल बहादुर थापालाई सरुवा गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन सेलको संयोजकसमेत रहेका थापालाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरेको छ ।                                                                                   

मङ्सिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागी उनको नेतृत्वमा केन्द्रीय निर्वाचन सेल गठन गरिएको थियो । थापाको सरुवासँगै सो सेलको नेतृत्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) बसन्त कुँवरले सम्हाल्ने भएका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत एआईजी मुकुन्द राज आचार्यले भदौ २३ बाट अवकाश पाएसँगै निर्देशक पद रिक्त थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै