Comments Add Comment

Advertisment

SKIP THIS

सी डिभिजन लिगमा सानेपाको दोस्रो जित

१२ बैशाख , काठमाडौं । शहीद स्मारक सी डिभिजन लिगमा सानेपा क्लबले दोस्रो जित निकालेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार बिहान भएको खेलमा सानेपाले पुल्चोक स्पोर्ट्स क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

सानेपाको जितमा खेमराज तामाङले २ गोल गरे ।

दोस्रो खेलमा मनोहरा युनाइटेड क्लब र स्वयम्भु क्लब दिउँसो पौने १ बजे आमने सामने हुनेछन् ।

त्यस्तै, आजै हुने तेश्रो खेलमा आरसी ३२ फुटबल एकेडेमी र वीरगञ्ज युथ एकेडेमी दिउँसो ४ बजे भिड्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै