१७ वैशाख , काठमाडौ । प्रहरीले काठमाडौँको बालाजुबाट स्रोत नखुलेको १६ लाखसहित आज बिहान दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–११ घर भई हाल तनहुँको बन्दीपुर बस्ने ३१ वर्षीय दीपेन्द्र सुनार र भारत महाराष्ट्र घर बताउने वर्ष ३३ का सागर यादव छन् ।
सडकमा शङ्कास्पदरुपमा हिडिरहेका अवस्थामा सुरक्षा जाँच गर्दा उनीहरुबाट स्रोत नखुलेको रकम बरामद गरिएको छ । उक्त घटनाका सम्बन्धमा प्रहरीवृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।


