१० असार ,काठमाडौ । ट्राफिक प्रहरीले सर्लाहीमा सवारी साधन चेक जाँचमा कडाइ गरेको छ । सडक दुर्घटना बढ्दै गएपछि न्यूनीकरण गर्न सवारी साधन चेक जाँचमा कडाइ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका ट्राफिक प्रहरी प्रमूख लेखनाथ मैनालीले बताए ।

‘पछिल्लो समय ट्राफिक नियमको पालना नगर्दा सडक दुर्घटना बढ्दो छ, हामीले सडकमा चल्ने सवारी साधनको चेक जाँचमा कडाइ गरेका छौँ,’ मैनालीले भने, “ट्राफिक नियम पालना गर्न लापरबाही गर्दा दुर्घटना बढिरहेका ट्राफिक प्रमूख मैनाली बताउ छन् ।”
ट्राफिक प्रमूख मैनालीका अनुसार दैनिक चाररपाँच पटक पूर्व–पश्चिम राजमार्ग लगायत विभिन्न सडकमा ट्राफिक जाँच गर्ने गरिएको छौ । ट्राफिक नियम उल्लङ्घन गर्नेलाई जरिवाना भराउनाका साथै सचेत गर्ने गरिएको प्रहरी निरीक्षक मैनालीले बताए ।
‘जरिवाना उठाउने हामीलाई रहर छैन्, सकेसम्म जरिवाना नै काट्न नपरोस भन्ने चाहना ट्राफिक प्रहरीलाई हुन्छ । ‘जरिवानाले दुर्घटना र मानविय क्षति कम हुँदैन । तपाईहरु सचेत भएर सवारी चलाए मात्रै यो सम्भव छ,’ चालकको समुहलाई ट्राफिक प्रहरी निरीक्षक मैनालीले सम्झाए।
ट्राफिक प्रहरीको आँखा छलेर तिब्र गतिमा, मादक पदार्थ तथा लागुऔषध सेवन गरेर, हेल्मेट नलगाएर क्षमता भन्दा बढी यात्रु तथा सामान बोकेर सवारी नचलाउन, सवारी साधनमा बसेका यात्रु र आफ्नो परिवारको विषयमा सोच्न ट्राफिक प्रहरी निरीक्षक मैनालीले अनुरोध गर्दा चालकहरु गम्भिर देखिन्थे ।
ट्राफिक प्रहरीलाई झुक्याउन सफल भएपनि त्यसबाट निम्तिन सक्ने दुर्घटना रोक्न जो कोही पनि असफल हुने ट्राफिक प्रहरी निरिक्षक मैनालीले तर्क छ । ‘दुर्घटना कसैले गर्छु भनेर हुने होईन,लापरवाहीले हुने हो । त्यो लापरवाही चालकबाट नहोस् भन्ने मात्रै ट्राफिक प्रहरीको भनाई हो । त्यसैको लागि तपाईहरुलाई केही समय भएपनि यसरी सचेत गराउने प्रयास गरिरहेको छु । यसलाई गम्भिर भएर सोचिदिनुहोला,’ट्राफिक प्रहरी निरिक्षक मैनालीले सवारी चालकलाई भने ।
ट्राफिक जाँचमा कडाइ गरेपछि राजस्व सङ्कलनमा पनि बढोत्तरी भएको छ”, मैनालीले भने, “मादक पदार्थ सेवन, हेल्मेटविना साधन चलाउने, लाइसेन्स लगायत चेक जाँच गर्ने गरिन्छ । ट्राफिक चेक जाँचका क्रममा सबैभन्दा बढी हेल्मेटविना र लाइसेन्स नभएका सवारी साधन चलाउने फेला पर्ने गरेका छन् । सवारी साधनको नम्बर प्लेटमा राख्ने गरिएको नेपालको झन्डा हटाउने अभियान पनि सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाही जनाएको छ ।
‘नम्बर प्लेटमा राख्ने गरिएको झन्डाले नम्बर सानो देखिने भयो, टाढाबाट पनि स्पष्ट देखिएन,’ मैनालीले भने, ‘त्यसैले झन्डा हटाएर प्लेटमा नम्बर मात्रै लेख्न लगाउने गरेका छौँ ।’
सर्लाही ट्राफिक नियम बिपरितका भारतीय सवारी साधनलाई निकै कडाइका साथ कारबाही गरिरहेको छ । भारतीय सवारी साधनकै कारण सर्लाहीमा दुर्घटना बढी रहेको बेला सर्लाही ट्राफिक भारतिय सवारी साधन बाट हुन सक्ने अपराधीक गतिबिधी नहोस भनेर कडाईका गरे सङ्गौ सर्लाही भारतिय सवारी साधन निकै कम भयको देखिन्छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयको सर्लाहीको तथ्याङ्कअनुसार सडक दुर्घटना बढ्दो क्रममा छ । २०७८ देखि २०८० दुई वर्षमा सर्लाहीमा १६५९ सवारी दुर्घटनाका घटना भएका छन् । त्यसमा १४१जनाले ज्यान गुमाएका छन् ।
आर्थिक वर्ष २०७८र७९ मा ८४५ र आव २०७९र८० मा ८१३सडक दुर्घटना भएका थिए । सवारी दुर्घटनामा परेर आव २०७८र७९ मा ७९ र २०७९र८० मा ६२ जनाको मृत्यु भएको थियो ।







