Comments Add Comment

Advertisment

SKIP THIS

अन्तराष्ट्रिय नेपाल भारत साहित्य रत्न अवार्ड ध्रुबप्रसाद गजुरेल सम्मानित

नेपाल भारत साहित्य महोतसव नेपालको कास्की जिल्लाको पोखरा स्थित पृथ्वीनारायण क्यामस हाताभित्र गण्डकी प्रज्ञाप्रतिष्ठानको भानु सभाहलमा संचालन भैरहेको छ ।

भारतबाट आउनु भएका वरिष्ठ साहित्यकारहरूले बिभिन्न बिधाका रचनहरू सुनाएर पुरा कास्की जिल्ला र यो देशलाई नै तताईरहनु भएको छ । गत बिहिबारबाट संचालन भएको कार्यकम दुई सत्रमा संचालन भएको थियो उक्त कार्यक्रमको शभापती ज्योतिष शिरोमणी प्रा. डा. बलराम उपाध्याय रेग्मीले गर्नु भएको थियो भने पहिलो चरणमा विभिन्न बिधाका पुस्तकहरू पनि बिमोचन हुन पुगेका थिए ।

पहिलो चरणको कार्यक्रम संचालन साहित्यकार बिमुन्स पौडेलले गर्नु भएको थियो भने दोस्रो सत्रको कार्यक्रम वरिष्ठ साहित्यकार डा. देवी पंथीले गर्नु भएको थियो ।

कार्यक्रम संचालन हुने बितिक्कै डा. पन्थीले धरहरा अभियन्ता तथा चर्चित घनु बहर प्रबर्तक भन्दै ध्रुबप्रसाद गजुरेलको बारेमा बताउनु भएको थियो पहिलो बक्ताका रूपमा धरहरा अभियन्ता ध्रुबप्रसाद गजुरेलले सामाजिक संजालमा विभिन्न बहसको मन्थन भएर अमृत बनेर आएको हो “घनु” बहरको नयाँ अर्कान जुन रसपान गर्दा सबैलाई फाइदा नै हुनेछ भन्दै उहाले नेपालमा गजलमा बिध्यावारिधी पहिलो ब्यक्ति डा घनश्याम न्यौपाने परिश्रमीका चेलाहरूको तर्फबाट उहाकै सम्मान स्वरूप घोषणा भएको हो घनु बहर भन्दै घनु बहरको गजल वाचन गर्नु भएको थियो ।

उहाँलाई उक्त कार्यक्रममा अंतराष्ट्रीय नेपाल भारत साहित्य रत्न अवार्ड बाट सम्मान गरिएको छ । तारकेश्वर नगरपालिका भित्र यो अवार्ड पाउने उहाँ पहिलो ब्यक्ति हुन पुग्नु भएको छ ।

बिहिबार दिउसभर विभिन्न बिधाका रचनाहरू वाचनका विभिन्न प्रकारका सम्मान प्रदान गरिएको र आज शुक्रबार उक्त कार्यम बिसर्जन हुने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै