Comments Add Comment

उपत्यका अपराध अनुसन्धान कार्यालयले हत्या गरी फरार आरोपितलाई १६ वर्षपछि पक्राउ

काठमाडौंको कोटेश्वरमा एक जनाको हत्या गरी फरार भएका आरोपित १६ वर्षपछि पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक जना आरोपितलाई १६ वर्षपछि पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।

दोलखा बैतेश्वर गाउँपालिका-२ टार ३६ वर्षीय रामकुमार मगरलाई प्रहरीले पक्राउ गरेको हो।

२०६३ साल साउन २ गते राति १० बजे काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने २३ वर्षीय मनोज खड्काको हत्या भएको थियो। कोटेश्वरको सडकखण्डमा उनको कुटपिट गरी धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट निरन्तर अनुसन्धान गरी रामकुमार मगरलाई मुख्य आरोपित बनाएको थियो।

अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारका लागि कतारमा रहेको भन्ने खुलेको प्रहरी उपरीक्षक कोइरालाले बताए।

उनी कतारमा रहेको खुलेपछि गत चैत २४ गते प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले रेड कर्नर नोटिस जारी गरेको थियो।

त्यसपछि इन्टरपोलसँग समन्वय गरी कतारबाट सोमबार नेपाल ल्याएको प्रहरी उपरीक्षक कोइरालाले बताए।

प्रहरीले उक्त घटनामा अरूको पनि संलग्नता हुनसक्ने भन्दै थप अनुसन्धान अघि बढाएको छ।

पक्राउ परेका व्यक्तिमाथि कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाएको कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै