
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले आईसीसी टी–२० विश्वकप खेल्न जाने खेलाडीहरुको बिदाई गरेका छन् ।
अमेरिका र वेष्ट इन्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि राष्ट्रिय क्रिकेट टोलीमा छनौट भएका नेपाल प्रहरीका ६ जना खेलाडीहरूलाई आईजीपी कुँवरले बिदाई गरेका हुन्।
आईजीपी कुँवरले कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी,ललित राजवंशी,करन केसी र गुल्सन झालाई बिदाई गरे ।