Comments Add Comment

Advertisment

SKIP THIS

सेयर बजार घट्यो

५ वैशाख , काठमाडौ । सातामा कारोबार हुने तेस्रो दिन मंगलबार सेयर बजार घटेको छ ।

मंगलबार नेप्से परिसूचक ३।०७ अंकले ओरालो लागेको हो । यो सँगै सूचक १९०४.९८ बिन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा भने झिनो सुधार देखिएको छ । उक्त सूचकमा ०.१७ अङ्कले बढेर ३६३ विन्दुमा पुगेको छ।

यसअघि सोमबारको कारोबारमा भने नेप्से परिसूचक २३.६४ अंकले ओरालो लागि १९०८ विन्दुमा अडिएको थियो । उक्त दिन ९२ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको थियो ।

नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा मंगलबार कूल २६६ कम्पनीको २९ लाख ७५ हजार ९२० कित्ता सेयर खरिद बिक्री हुँदा ८७ करोड भन्दाबढी रुपैयाँको कारोबार सेयर कारोबार भएको छ। तसर्थ अघिल्लो दिनको तुलनामा यो रकम कम हो ।

यसैगरी, नेप्से सूचकमा ६२ कम्पनीमा वृद्धि भएको छ । १३८ कम्पनीमा ओरालो लागेको र १९ कम्पनी स्थिर रहेको छ ।

त्यस्तै, कारोबारको आधारमा प्रभु बैंक शीर्ष स्थानमा रहेको छ । उक्त बैंकले ५ करोड २६ लाख भन्दाबढि रुपैयाँको कारोबार गरेको छ । यसैगरि सिवम सिमेन्टको करिब ४ करोडको कारोबार भएको हो ।

मंगलबार सबै उपसूचक कम्पनीहरूमा ओरालो लागेको छ ।

मंगलबार कालिन्चोक दर्शन र मोलुङ जलविद्युतको करिब १० प्रतिशतको सेयर कारोबार भएको छ। उक्त कम्पनीहरूले सर्वाधिक कमाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment