Comments Add Comment

Advertisment

SKIP THIS

हत्या गरेको अभियोगमा पक्राउ

२८ मंसिर , काठमाडौं । खादबारी नगरपालिका-९ सागुरी बस्ने ४० वर्षीय अमल कुमालको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३६ वर्षीय देबेन्द्र कुमाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

यही मंसिर १९ गते मादक पदार्थ सेवन गरिरहेको अवस्थामा उनीहरुबीच बादबिवाद भई देबेन्द्रले ढुङ्गा प्रहार गर्दा घाइते भएका अमल कुमालको मंगलबार राति जिल्ला अस्पताल खादबारीमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै