काठमाडौं, एनआइसी एसिया बैंकको राजविराज शाखामा भएको पौने ३ करोड रुपैयाँको ‘स्क्याम’ प्रकरणमा एकजना पक्राउ गरेका छन्। पुर्जी जारी भएको दुई महिनापछि प्रहरीले आरोपितमध्येका एकजालाई पक्राउ गर्न सफल भएको हाे।
पक्राउ पर्नेमा मो. सदाम छन्। उनलाई राजविराजको एक पसलबाट आज बिहान ११ बजे पक्राउ गरेको सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए।
जिल्ला सरकारी वकिलको कार्यालयमार्फत दायर भएको सरकारी कागजात किर्ते मुद्दामा सप्तरी जिल्ला अदालतबाट गत वैशाखको दोस्रो साता बैंकर्ससहित ९ जनाविरुद्ध जारी भएको थियो।
‘स्क्याम’सँगै बैंकका प्रबन्धक यादव, आसमा खातुन, बसिरन खातुन, व्यवसायी मो. समसाद, तत्कालीन सनराइज बैंक शाखा राजविराजका वरिष्ठ सहायक दीपेन्द्र यादव, भूमिसुधार तथा मालपोत कार्यालय राजविराजका कम्प्युटर अपरेटर दीपक शर्मा र व्यवसायी शंकर यादव फरार छन्।







