Comments Add Comment

Advertisment

SKIP THIS

तुलसीपुर र घोराहीमा आज गठबन्धनको चुनावी सभा

२५ बैशाख , काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा सत्ता गठबन्धनले आज दाङको तुलसीपुर र घोराहीमा बृहत चुनावी सभा गर्ने भएको छ ।

तुलसीपुरको अरनिको मैदान र घोराहीको जिल्ला समन्वय समितिको मैदानमा चुनावी सभा गर्न लागिएको कांग्रेस दाङले जनाएको छ ।

तुलसीपुर र घोराहीमा हुने चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेल लगायतका शीर्ष नेता आउन लागेका छन् ।

तुलसीपुरमा दिउँसो साढे १२ बजेदेखि सभा सुरु हुने कांग्रेस दाङका सभापति शंकरप्रशाद डाँगीले जानकारी दिए । तुलसीपुरको कार्यक्रमपछि नेताहरु घोराहीको सभालाई सम्बोधन गर्ने जाने डाँगीले बताए । गठबन्धन दलबाट तुलसीपुर उपमहानगरपालिका मेयरमा कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरी र उपमेयरमा एकीकृत समाजवादीका केन्द्रीय सदस्य जोगबहादुर राना मगर उम्मेदवार छन् ।

घोराही उपमहानगरपालिकामा माओवादी केन्द्रका हेमराज शर्मा ‘डायमण्ड’ मेयरमा र कांग्रेसका नेता भुपबहादुर डाँगी उपमेयरमा उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

आज ललितपुरमा गठबन्धनको चुनावी सभा

Advertisment

छुटाउनुभयो कि? सबै

आज ललितपुरमा गठबन्धनको चुनावी सभा