Comments Add Comment

Advertisment

SKIP THIS

कलाकार मदनकृष्ण श्रेष्ठ फेरि अस्पताल भर्ना

२४ जेठ , काठमाडौ । कलाकार मदनकृष्ण श्रेष्ठ फेरि अस्पताल भर्ना भएका छन् ।

अचानक उनको मुटुमा समस्या आएपछि उनलाई शनिबार बिहान काठमाडौंको गंगालाल अस्पतालमा भर्ना गरिएको हो। पारिवारिक स्रोतका अनुसार उनलाई शुक्रबार रातिदेखि छाती दुखेको थियो। ब्लड प्रेसर पनि तलमाथि भएपछि उनलाई शनिबार बिहानै अस्पताल लगिएको थियो।

आइतबार उनको एन्जियोप्लास्टी गरेर स्टेन्ट हालिएको पारिवारिक स्रोतले जनाएको छ। अहिले उनको स्वास्थ्य अवस्था सुधार आइरहेको छ।

मदनकृष्णमा कोरोना भाइरस संक्रमण अझै पनि पोजिटिभ देखिएको छ। वैशाख ६ गते मदनकृष्णसहित उनको परिवार सबै जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमण भएको केही दिनमै स्वास्थ्यमा समस्या आएपछि उनलाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो।

पहिलोपटक उनी आठ दिन अस्पताल भर्ना भएका थिए भने दोस्रोपल्ट मेडिसिटीमा १४ दिन बसेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै