Comments Add Comment

Advertisment

SKIP THIS

रेडपाण्डाको छालासहित ३ जना पक्राउ

१४ फागुन, काठमाडौं । दाङमा प्रतिबन्धित वन्यजन्तु हाब्रे रेडपाण्डाको छालासहित ३ जनालाई पक्राउ गरेका छन् । जिल्लाको राप्ती गाउँपालिका–१ भालुवाङ – प्यूठान सडक खण्डमा जाँच गर्ने क्रममा प्रतिबन्धित दुर्लभ बन्यजन्तु रेडपाण्डाको पाँच थान छालासहित पक्राउ ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा रोल्पाको सुनिलस्मृति गाउँपालिका ९७ बस्ने वर्ष ३२ का रामबहादुर थापा, लुङग्री गाउँपालिका९३ बस्ने वर्ष २० का रुपक खडका र सुनछहरी गाउँपालिका९७ बस्ने वर्ष १९ का रामकुमार पुन मगर रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।

दाङ जिल्ला हुँदै काठमाडौँ तिर लैजाँदै गरेको भन्ने विशेष सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, जिल्ला प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय भालुवाङ दाङको संयुक्त प्रहरी टोलीले गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै