Comments Add Comment

Advertisment

SKIP THIS

आइएमई जनरल इन्स्योरेन्स र ग्यालेक्सी स्पेशालिटी क्लिनिकबीच छुट सम्झौता

१९ असार , काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ग्यालेक्सी स्पेशालिटी क्लिनिक प्रालिबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र ग्यालेक्सी स्पेशालिटी क्लिनिकका प्रबन्ध निर्देशक शिवराज केसीले हस्ताक्षर गरेका छन् ।

सम्झौतापश्चात आइएमई जनरल इन्स्योरेन्सका कर्मचारी, शेयरधनी तथा ग्राहकमहानुभावलाई ग्यालेक्सी स्पेशालिटी क्लिनिक महाराजगंज काठमाण्डौँमा प्राप्त हुने सेवाहरु जस्तैः एक्सरे, युएसजी, इसिजी, इकोलगायतका सेवाहरुमा १० प्रतिशतसम्म र ओपिडी सेवामा २५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त हुने हुनाले आइएमई जनरल इन्स्योरेन्सका कर्मचारी, लगानीकर्ता तथा ग्राहक महानुभावले आवश्यकता अनुसारका सेवा प्राप्त गर्न सक्ने संस्थाले जनाएको छ ।

साथै सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत रेग्मीले ग्यालेक्सी स्पेशालिटी क्लिनिकसँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहक महानुभावहरुलाई आवश्यक पर्ने निर्जीवन बीमासम्बन्धी सम्पूर्ण सेवाहरु आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट सहजरुपमा प्राप्त गर्न सक्ने जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

डलरको लोभ देखाएर ठगी गर्ने प्रहरी फन्दामा

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै